0
Shares
काठमाडौं । चितवनको मौवाखोला नजिकै पहिरो खस्दा अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
बिहीबार बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा ठप्प भएको थियो ।
पहिरो पन्छाएर अहिले एकतर्फी सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधन गन्तव्यमा जान थालेलका छन् ।