काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको पीआर लिएको विषयमा खण्डन गरेकी छन् । राष्ट्रिय सतर्कता केन्द्रले पत्र पठाएपछि उनले यसबारे खण्डन गरेकी हुन् ।
मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा भिडिओ सन्देश पेश गर्दै केन्द्रबाट अत्यन्त जरुरी पत्र भन्दै आएको जानकारी दिइन् । नेपाली नागरिकसँगै युरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेर आवश्यक अनुसन्धान गर्न भनेसँगै उनलाई सतर्कता केन्द्रले पत्र पठाएको थियो । सोही आधारमा केन्द्रले मन्त्री श्रेष्ठसँग जवाफ माग गरेको हो ।
मन्त्री श्रेष्ठले आफूसँग नेपाली नागरिकताबाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको दाबी गरेकी छन् । पोल्याण्डका नागरिकसँग विवाह गरेकी उनलाई त्यही देशको पीआर लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
‘मैले २० वटा जति देश भ्रमण गरेको छु, कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर लिएको छैन, लिने प्रक्रिया के हो ? त्यो समेत थाहा छैन,’ उनले भनेकी छन् ।
उजुरीमा नागरिकता दुरुपयोग गरेको, दोहोरो नागरिक भएको तथा बैंक खाता खोल्दा दुरुपयोग गरेको आरोप लागेको थियो । उनका श्रीमान् पोल्याण्डका नागरिक हुन् ।
उनले आफूविरुद्ध उजुरी परेपछि मात्रै पीआर तथा ग्रिन कार्ड लिने प्रक्रियाका बारेमा दाबी गरेकी छन् । ‘म जति दिन मन्त्री भएको छु, त्योभन्दा पनि कम समय पोल्याण्ड बसेकी छु, पोल्याण्डमा निश्चित मापदण्ड पूरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ, त्यसका विषयमा बुझ्न मलाई १० देखि १५ घण्टा समय लाग्यो ।’
म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन।
ट्याबलोइड सञ्चार माध्यममा सीमित रहदा सम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैमा अस्पष्ट छ, कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः… pic.twitter.com/cYyiOtKwnK
— Sumana (@SumanaShrestha) July 10, 2024