पहिरो खसेपछि अरनिको राजमार्ग ठप्प, काठमाडौं प्रवेश गर्न सास्ती

0 Shares

काठमाडौं । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।

सडकमाथि लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

पाँचखाल नगरपालिका ८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् ।

साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि पहिरो पन्छाउन थालिने छ ।

सम्बन्धित समाचार