0
Shares
काठमाडौं । दाङको लमही नगरपालिकाका मेयर सवार रा १ झ १४६ नम्बरको स्कारपियो खोलामा भासिएको छ । लमही नगरपालिका ९ स्थित तेलियाको गंगटे खहरे खोलामा शनिबार गाडी भासिएको हो ।
तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँमा पुगेका थिए ।
त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा खोलामा स्कारपियो भासिएको हो । गाडीमा सवार सबै जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।