ओलीलाई बालेनको झटारो- तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुमा १५ हजार परिवार व्यवस्थापन हुन्छ

0 Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणबारे अर्को झटारो हानेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले वर्षाका कारण काठमाडौंमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउँदै ओलीले खान खोजेको गिरीबन्धुमा १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् ।

उनले भने, ‘काठमाडौंमा लगभग दुई हजार परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ ।’

बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाएको आरोप लगाए । उनले भनेका छन्, ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो १

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी रु उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो रु उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ रु

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

सम्बन्धित समाचार