बाढीले बगाउँदा एक जना बेपत्ता, तीन घर नष्ट

0 Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । घटनामा तीन वटा घर बगेका छन् ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए ।

वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताए । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशंकर-९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिए ।

सम्बन्धित समाचार