0
Shares
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधन भएको छ ।
शनिबार बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो । भक्तपुर अस्पतालका चिकित्सकले उनको मृत घोषणा गरेको हो ।
४३ वर्षीय इन्सपेक्टर थापा ओली निवासमै हृदयघात भएको थियो । अस्पतालले हृदयघातको कारण मृत्यु भएको जनाए पनि पोस्टमार्टम रिपोर्टपछि थप जानकारी आउने प्रहरीले जनाएको छ ।