ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद

0 Shares

रौतहट । जिल्लामा सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कवीर चौकस्थित तस्करले भारतीय बजारबाट लुकाएर ल्याएको एक लाख ७० हजार मूल्य बराबरको एक हजार सात सय थान कुखुराको चल्ला बरामद गरेको हो ।

बरामद चल्ला लाई जिल्ला कुखुरा ब्यवसायी किसान संघको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईले बताएका छन् ।

सशस्त्र प्रहरीको टोलीलाई हेरेर कुखुरा तस्कर फरार भए पनि उनीहरूले प्रयोग गरेको विआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकल लगायत साइकल बरामद गरिएको एस्पी हुमागाईंले जानकारी दिएका छन् ।

बरामद सवारी साधन आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जारि गरेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार