0
Shares
काठमाडौं । विदेश जाने अनेक प्रयास सफल हुन नसकेपछि युवकले पुलबाट हामफाल्ने प्रयास गरेका छन् । युवकले काठमाडौंँको शंखमुलको पुलबाट हामफाल्न खोजेको प्रहरीले जनाएको छ ।
कपडा खोजेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका उनलाई बिहीबार ललितपुर प्रहरीले उद्धार गरी काउन्सिलिङ गरेको थियो ।
मकवानपुर घर भई ललितपुर महानगर १७ मा बस्दै आएका युवकलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।