0
Shares
काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित बीच बजारमा पार्किङ गरेको कारभित्र अज्ञात व्यक्तिले शंकास्पद वस्तु राखेर फरार भएका छन् ।
बीच बजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालकको बा १६ च ९१७२ नम्बरको गाडीमा उक्त सामान राखेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार अज्ञात व्यक्तिले चाबी लगाएको सुटकेश कारभित्र राखेर गएका थिए ।
आरोपित व्यक्ति धेरैबेर कार वरपर हिँडेर सुटकेश कारमा हालेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले घटना स्थलमा डिस्पोजल टोली पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।