काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरेको छ । मंगलबार बेलुका सकिएको एमाले सचिवालय बैठकले कांग्रेस, नेकपा माओवादी केन्द्रसहित दललाई राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहल गरिने भट्टराईको भनाइ छ । उनका अनुसार कांग्रेस, एमालेबीच भएको सहमति अनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको छ ।
प्रचण्डले सजिलै राजीनामा दिने मुड नबनाएपछि एमाले संविधानको ७६ (२) बमोजिम राष्ट्रिय सहमतिको सरकार गठन बनाउनु पर्ने दाबी गरेको छ । ओलीले सजिलै प्रधानमन्त्री बन्ने अवस्था नदेखेपछि राष्ट्रिय सहमतिको सरकार खोजेका हुन् ।
तर, ओली प्रधानमन्त्री बन्न संवैधानिक र कानूनी जटिलता हुने भन्दै कानूनविदले तर्क गर्न थालिसकेका छन् ।