निकुञ्जका कर्मचारीको शव फेला

0 Shares

काठमाडौं । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।

संखुवासभाको मकालु गाउँपालिका ३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किएका थिए ।

सम्बन्धित समाचार