आइतबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ । शुक्रबार एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला २०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ रहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३२६ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १४ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार