पहिरोले सवारी आगमन ठप्प, सास्ती भोग्दै यात्रु

0 Shares

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को सडक खण्डमा सवारी जाम भएको छ ।

उक्त सडकको दाउन्ने क्षेत्रमा पहिरो जाँदा सवारी आगमन ठप्प भएको हो । दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरूद्व भएको छ ।

उक्त सडक खण्ड निर्माधिन रहेकाले वर्षा भएसँगै पहिरो जाने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्दै आएका छन् ।

सम्बन्धित समाचार