पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाले गुमाए ज्यान

0 Shares

काठमाडौं । गएराति गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाले ज्यान गुमाएका छन् ।

जिल्लाको मालिका गाउँपालिका ६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ ।

घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटना स्थलमा गएको थियो ।

सम्बन्धित समाचार