0
Shares
काठमाडौं । विराटनगर विमानस्थलमा बाढी पसेपछि बन्द भएको छ । बस्तीबाट ओभरफ्लो भएर विमानस्थलमा बाढी पसेसँगै अवरुद्ध भएको हो ।
बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ । हेलिप्याडमा बाढीले डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म बाढी नपसेको कार्यालयले जनाएको छ ।
विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि जोखिम भएकाले विमानस्थल बन्द गरिएको कार्यालयले जनाएको छ ।
औसतमा दैनिक १८ उडान हुँदै आएको विराटनगर विमानस्थलमा आज उडान ठप्प भएको छ । विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुरु गरिने जनाइएको छ ।