नारायणगढ-मुग्लिन सडक अवरुद्ध, काठमाडौं आउजाउमा समस्या

0 Shares

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार