पंखा खसेर लाग्दा पुरुषको मृत्यु

0 Shares

काठमाडौं । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका ७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल पंखा चलाएर बसेको अवस्थामा शरीरमा खसेको हो । पंखा खसेपछि उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार