मन्त्रिपरिषदको निर्णय- भ्रष्टाचारको आरोपी मुख्यसचिवको व्यवस्थानदेखि साढे दुई अर्ब ऋण लिन सहमत

0 Shares

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक भएका छन् । सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालयअन्तर्गत २१ निर्णय गरेको छ ।

जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गरी सरूवा गर्ने निर्णय गरेको छ । यो उनलाई अदालतले आरोप पुष्टि गर्न बाँकी हुँदासम्म व्यवस्थापन गरेको हो ।

त्यस्तै, बैठकले विश्व बैंकले दिएको ८० मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६ करोड रुपैयाँ ऋण लिने सहमति गरेको छ । बैंकले उक्त ऋण सहुलियतका रुपमा दिन लागेको सरकारले जनाएको छ ।

बैठकले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पले भएको क्षतिको पुनःनिर्माण र पुनःर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने सहयोग लिने भएको छ ।

बेलायत सरकारले नेपालाई थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ अर्थात १ अर्ब ३७ करोड रुपैयाँ दिने भएको हो । योसँगै सरकारले दुृई देशबाट दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँ अनुदान लिने निर्णय गरेको हो ।

यस्ता छन् निर्णयहरू

सम्बन्धित समाचार