मुख्य सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि लीलादेवीले पाइन जिम्मेवारी

0 Shares

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् ।

अर्याल निलम्बित भएसँगै प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तः शुल्कको स्टिकर खरिदमा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहित एक दर्जन कर्मचारीलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सम्बन्धित समाचार