काठमाडौं । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको छ । बाँकी भागमा स्थानीय र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ ।
यी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेस प्रदेशको थोरै तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति यी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । यी प्रदेशका थोरै स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।