सरकारको केन्द्र संसद भवनमा कार्यरत प्रहरीले गोली हानेर गरे आत्महत्या

0 Shares

काठमाडौं । सरकारको प्रमुख केन्द्र संघीय संसद सचिवालय बानेश्वरको सुरक्षामा खटिएका प्रहरी जवानले आफूले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

संसद सचिवालयका अनुसार दोलखाको मेलुङ गाउँपालिका ४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले आफैलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

प्रहरी विशेष कार्यदलमा कार्यरत गोले कार्यदलबाट संघीय संसदको सुरक्षार्थ खटिएको र प्रारम्भिक अनुसन्धानबाट उनी ठूलो पारिवारिक समस्यामा रहेको देखिएको प्रहरीले दाबी गरेको छ ।

संसद भवनको दुई नम्बर गेटमा ड्युटीमै रहेका गोलेले बुधबार बिहान करिब आठ बजेतिर आफैले बोकेको हतियारले गेटनजिकै रहेको शौचालयमा गोली हानी आत्महत्या गरेका हुन् । उनको शवलाई पोस्ट मार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअगाडि मात्रै जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवानले पनि प्रहरी कार्यालयमै आत्महत्या गरेकी थिइन् ।

सम्बन्धित समाचार