आज यी चार प्रदेशमा वर्षा हुने, बाँकी स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति यी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार