रक्सी सेवन गरी हल्ला गर्ने उपसचिव प्रहरी नियन्त्रणमा (भिडिओसहित)

0 Shares

काठमाडौं । रक्सी सेवन गरी दिउँसै होहल्ला गर्ने भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख सुरेश प्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको ।

सोमबार मदिरा सेवन गरी हल्ला गरेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज उहाँ (सुरेश प्रसाद दाहाल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ, जाँड आएर हल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो, स्रोतले भन्यो ।

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिक ५ मैनापोखरी घर भएका दाहाल केही समय पहिले मात्रै उपसचिवमा बढुवा भएका थिए । प्रहरीले नियन्त्रण गरी उनलाई बा १ झ ८३६१ नम्बारको सरकारी गाडीमा प्रहरी चौकी लगिएको थियो ।

उनी आफूले एमालेको मान्छे भन्दै प्रहरीलाई धम्की दिएको भिडिओ देख्न सकिन्छ ।

 

सम्बन्धित समाचार