0
Shares
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन् ।
रोहितले सामाजिक सञ्जालमा सिम्रन खड्कासँग लगनगाँठो कसेको तस्बिर राख्दै यसबारे जानकारी दिएका हुन् ।
उनले सिम्रनलाई मेन्सन गर्दै लेखेका छन् – सपना साकार पार्ने यात्राका सहयात्रीदेखि जीवनभरका जीवनसाथीसम्म। सधैँभरिका लागि हाम्रो साथ !