मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, गुणस्तर सेवा कायमै राख्ने प्रतिबद्धता

0 Shares

काठमाडौं। चितवन को-इ समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार मनकामना केबलकारले आफ्नो २८औँ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । यस अविधमा केबलकारले दुई करोड १२ लाखभन्दा बढी यात्रुहरूलाई सेवा प्रदान गरेको छ ।

यस समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको छ । यस अवसरमा कम्पनी स्वर्गीय संस्थापकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

यस अवसरमा कम्पनीले आफूलाई साथ दिने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप सेवाको विस्तारमा ध्यान दिने जनाएको छ । अन्त्यमा, सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति निरन्तर साथ र सहयोगका लागि हृदयदेखि कृतज्ञता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार