दुई नाबालक छोरासहित आमा शव फेला, अनुसन्धान गर्दै प्रहरी

0 Shares

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका ३ भोटेपुलमा शुक्रबार एकै घरका दुई बालकसहित तीन जना मृत फेला परेका छन् ।

सुजन बेस्राकी श्रीमती २५ वर्षीया अञ्जली बेस्रा, उनका छोराहरू ९ वर्षका विशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।

अञ्जली झुण्डिएको अवस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

सम्बन्धित समाचार