0
Shares
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।
प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली अवतरण गरेका हुन्। उनलाई विमानस्थलमा स्वागतका लागि रेड कार्पेट नाचगान देखाइएको थियो ।
प्रधानमन्त्री शाहले भ्रमणमा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल-भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ।