0
Shares
काठमाडौं । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवारको शव बिहीबार दिउँसो आफै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिए पनि घटना शंकास्पद रहेको स्रोतले जनाएको छ ।
घटनालाई ढाकछोप गर्न प्रहरीले घटना स्थलमा पत्रकारलाई रोक लगाएको थियो । बाँके घर भएकी सुनुवारको जिल्लास्थित कर्जन्हा प्रहरी चौकीमा दरबन्दी रहे पनि काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिइन् ।