एलन मस्कले बच्चा जन्माउन कमर्चारीलाई दिए दबाब

0 Shares

काठमाडौं । विश्वकै सर्वाधिक धनी एलन मस्कमाथि स्पेस एक्स कम्पनीमा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ ।

अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलमा प्रकशित रिपोर्टमा स्पेस एक्स र टेस्लाका मालिक मस्कले महिला कर्मचारीलाई बच्चा जन्माउन दबाब दिएको उल्लेख छ ।

यस मामिलामा तीन जना महिला अगाडि आएका छन् । जसमध्ये दुईले मस्क र उनीहरुबीच यौन सम्बन्ध रहेको दाबी गरेका छन् ।

एक महिलाले मस्कले उनीसँग धेरै पटक आफ्नो बच्चा जन्माउने कुरा गरेको बताएकी छन् । यीमध्ये एक महिला स्पेस एक्समा इन्टर्न थिइन् ।

मस्कसँग सन्तान जन्माउन नमान्दा तलब नदिइएको महिलाले दाबी गरेकी छन् । यति मात्र होइन, उनको प्रदर्शन पनि जानाजानी बिगारिएको आरोप लगाएकी छन् ।

अर्कोतर्फ, मस्कका वकिलहरूले वाल स्ट्रीट जर्नलको रिपोर्टलाई अस्वीकार गरेका छन् । उनीहरूले यो प्रतिवेदन झुटो भएको दाबी गरेका छन् । यसबाहेक स्पेस एक्सका अध्यक्ष ग्वेन शटवेलले पनि उक्त आरोपलाई झुटो भनेका छन् ।

वाल स्ट्रीट जर्नलले आफुहरूसँग पर्याप्त प्रमाण रहेको बताउँदै आफ्नो प्रतिवेदनमा ४८ जनाभन्दा बढी व्यक्तिबाट प्रमाण रहेको बताएको छ । जसमा सन्देशहरू, इमेलहरू र अन्य कागजातहरू समावेश छन् ।

जब महिला कर्मचारीहरूले कम्पनीको एचआरलाई यस विषयमा गुनासो गरे । एचआरले स्पेस एक्सका अध्यक्ष ग्वेन शटवेललाई सम्पूर्ण कुरा बताएको दाबी गरिएको छ । यसपछि, शटवेलले मानव संसाधन टोलीलाई महिला कर्मचारीहरूलाई कम्पनीबाट निष्कासन गर्न आदेश दिएको रिपोर्टमा उल्लेख छ ।

यसअघि २०२२ मा एक उडान परिचारकले मस्कले उनलाई कामुक मसाज गर्न भनेको बताएकी थिइन् । सन् २०२१ मा स्पेस एक्सका ५ भूतपूर्व महिला कर्मचारीले कम्पनीका केही व्यक्तिमाथि यौन उत्पीडनको आरोप लगाएका थिए ।

यति मात्र होइन, यस वर्षको सुरुमा पनि एक पूर्वकर्मचारीले कम्पनीमाथि यौन उत्पीडन र भेदभावको आरोप लगाएर प्रहरीमा उजुरी दिएकी थिइन् । यी सबै उजुरीहरू पछि, क्यालिफोर्नियाको नागरिक अधिकार एजेन्सीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार