एनपीएल इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै, कसले मार्ला बाजी?

0 Shares

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोली भिड्ने भएको हो ।

यी दुई टोलीबीचको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । बिहीबार हुने खेलमा सुदूरपश्चिमसँग जित निकाले टोली फाइनल प्रवेश गर्ने छ ।

दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधि रक्षाका लागि लुम्बिनी लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्ने छ । इलिमिनेटर पुग्ने यी दुई टोलीमा काठमान्डु गोर्खाज अंक तालिकाको तेस्रो स्थानमा छ । चितवन राइनोज चौथो स्थानमा छ ।

सम्बन्धित समाचार