बजाजको ‘गेम अफ पावर’ अभियान मंसिर ४ गते सकिँदै

0 Shares

काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान मंसिर ४ गतेदेखि समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको अभियानमा सहभागी हुन अब केही दिन मात्रै बाँकी छन्।

अभियानअन्तर्गत मंसिर ४ गतेभित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन्। त्यस्तै, अनलाइनमार्फत उपलब्ध ‘पल्सर रेसिङ गेम’ खेलेर आफ्नो कौशल प्रदर्शन गर्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहारका साथै दैनिक स्मार्टवाच जित्ने अवसर पाउनेछन्।

अभियानको अर्को आकर्षणका रूपमा मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन्।

‘सो योर पावर’ प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ। साथै, @bajajnepal लाई ट्याग गरी #GameofPower प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।

पुरस्कार, खेल गतिविधि र चर्चित खेलाडीहरूसँगको भेटघाटलाई समेटिएको यस अभियानले बजाजका ग्राहक तथा राइडरलाई आफ्नो क्षमता प्रदर्शन गर्दै विभिन्न पुरस्कार जित्ने अवसर प्रदान गरेको छ।

मंसिर ४ गते अभियानको अन्तिम दिन भएकाले इच्छुक ग्राहकले समयसीमाभित्र योग्य बजाज मोटरसाइकल खरिद गरी अभियानमा सहभागी हुन सक्नेछन्।

सम्बन्धित समाचार