0
Shares
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँ घटेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा झरेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यसमेत घटेको छ । चाँदी प्रतितोला ८० रुपैयाँले घटेको हो । योसँगै आज चाँदीको मूल्य तोलामा तीन हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।