टिपरको ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

0 Shares

हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ७ रमनटारमा टिपरको ठक्करबाट स्कुटर चालकको निधन भएको छ ।

मनहरीबाट चितवनतर्फ गइरहेको ना ७ ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका १४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते क्षेत्रीको उपचारका निम्ति चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार