0
Shares
काठमाडौं । दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका २ का ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । शनिबार दिउँसो राजपुर गाउँपालिका २ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाइदिएका थिए ।
घटनापछि फरार भएका कार्कीलाई प्रहरीले खोजका क्रममा लमही नगरपालिका ५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो ।
आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।