आज तीन प्रदेशमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा स्थानीय तथा पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

बुधबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशलगायत गण्डकीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

 

सम्बन्धित समाचार