पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग नियमित अवस्थामा फर्कियो

0 Shares

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो ।

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका ४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।

नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए ।

मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो । उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो । गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

सम्बन्धित समाचार