0
Shares
काठमाडौं । कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको छ।
महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ।
तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु.१ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा उनलाई ठक्कर दिएको हो।
सडकमा पैदलयात्रा गरिरहेको अवस्थामा बसले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
बसको ठक्करबाट गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका हुन्।
ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका प्रहरीले जनाएको छ।