पूर्वश्रीमतीमाथि बलात्कारको मुद्दामा पूर्वन्यायाधीश गिरीलाई कैद तोकियो

0 Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो ।

अदालतले जरिवानाको रूपमा तोकिएको तीन लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ । गिरीलाई यसअघि जेठ १३ गते दोषी ठहर गरिएको थियो । सर्वोच्च अदालतको आदेशले उनी यसअघि थुनामा रहेका थिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमतिबिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

सम्बन्धित समाचार