सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घट्दा चाँदी ११० रुपैयाँले सस्तियो

0 Shares

काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घट्दा चाँदी ११० रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ९२० रुपैयाँ थियो।

शुक्रबारको मूल्य समायोजनसँगै सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको महासङ्घले जनाएको छ।

 

सम्बन्धित समाचार