नदीमा तैरिएको अवस्थामा एक जनाको शव फेला

0 Shares

काठमाडौं । वीरगञ्जमा एक जनाको शव फेला परेको छ । वीरगञ्ज महानगर ११ रानिघाट नजिकै सिर्सिया नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५० वर्ष जस्तो देखिने पुरुषको शव नदीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवको पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएकोमा शवको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।

सम्बन्धित समाचार