0
Shares
काठमाडौं । जिल्ला अदालत काठमाडौंले शोभा पाठकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीको साइबर ब्यूरोले पाठकलाई सोमबार पक्राउ गरेको थियो ।
पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् । पाठकले पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूणहत्याको जाहेरी दिएकी थिइन् ।
तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।