सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

0 Shares

काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् ।

जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो ।

सिक्टा आयोजनाले ५४ करोड तीन लाख लागत अनुमानका चार वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म दुई अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ ।

बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए ।

सम्बन्धित समाचार