सुदूरपश्चिम रोयल्सले जित्यो टस, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो



0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको हो । मैदान सुकाउन समय लागेपछि खेल ५–५ ओभरमा सीमित गरिएको छ ।

यसअघि खेल साँझ ७:४१ बजे सुरु गर्ने तयारी गरिएको थियो । तर, मैदानको अवस्थालाई लिएर सुदूरपश्चिम रोयल्सले असन्तुष्टि जनाएको थियो ।

मैदानको अवस्थाका कारण खेलाडीको सुरक्षामा जोखिम हुन सक्ने र बाउन्ड्री छोटो बनाइएको विषयमा फरक मत राख्दै सुदूरपश्चिमले खेल्न अस्वीकार गरेको थियो ।

लामो छलफलपछि भने सुदूरपश्चिम खेल खेल्न तयार भएको हो। त्यसपछि टस सम्पन्न भएसँगै खेल सुरु गर्ने तयारी गरिएको छ ।

वर्षाका कारण प्रभावित खेलमा दुवै टोली छोटो संरचनाको प्रतिस्पर्धामा उत्रिएका छन् ।

सम्बन्धित समाचार