न्यायालयको पुनः संरचनाका लागि संसद्मार्फत अघि बढ्ने रास्वपाको निष्कर्ष

0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ।

पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले न्यायालयको पुनःसंरचनाका लागि संसदीय दललाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

‘न्यायालयमा देखिएका व्यथिति र विसङ्गति तथा केही न्यायाधीशलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा जति सन्दर्भ आइरहेका छन्, यो विषयलाई अब निरुपण गर्नुपर्छ,’ बैठकको निष्कर्ष सुनाउँदै उनले भने, ‘न्यायलयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता महसुस भएको अवस्थामा अब संसदबाट यसको निरुपण खोज्नुपर्छ ।’

सम्बन्धित समाचार