जनताले बालेको बिजुलीको महसुल पालिकाले बुझाए

0 Shares

काठमाडौं । रौतहट जिल्लाको मौलापुर नगरपालिकाले जनताले बालेको बिजुली बत्तीको महसुल तिरेको छ ।

पालिकाले विद्युत महसुलको तेश्रो किस्तावापत ४५ लाख २६ हजार रुपैयाँ बिद्युत प्राधिकरणलाई बुझाएको हो । नगरप्रमुख रीना कुमारी साहले विद्युत शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गरेकी हुन् ।

पालिकाले नगरभित्र ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । झण्डै पाँच वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम पालिकाले तिर्दै आएको हो ।

यो चालु आर्थिक वर्षमा मात्रै पालिकाले अहिलेसम्म तीन करोड ४३ लाख ५० हजार रुपैयाँ बुझाएको छ ।

सम्बन्धित समाचार