झरि पर्न रोकिएपछि एनपीएलका रोकिएका खेल सुरु गर्ने तयारी, खेल हेर्न त्रिवि मैदान पुगे दर्शक हिलोको कारण सास्ती

0 Shares

काठमाडौं । झरि पर्न रोकिएसँग नेपाल प्रिमियर लिग (एनपीएल) का रोकिएका खेल सुरु गर्ने तयारी अघि बढाइएको छ ।

साँझ ५ बजेका लागि तय भएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सुरु गर्नका लागि मैदान सुकाउने काम भइरहेको हो ।

यसैबीच त्रिवि मैदानमा दर्शकहरू पनि पुग्न थालेका छन् । मैदानमा खेल हेर्न पुगेका दर्शकहरू हिलोका कारण समस्यामा परेका छन् ।

यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द गरिएको थियो ।

क्यानका अनुसार, दुवै टोलीले एक/एक अंक बाँडेका थिए ।

सम्बन्धित समाचार