चाडपर्वको बहार: बजाज WEGO मा ५० हजार रुपैयाँ छुट, एक्सचेन्जमा थप ३० हजारसम्मको सुविधा

0 Shares

काठमाडौँ । बजाजको नयाँ इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधन WEGO खरिद गर्ने ग्राहकले चाडपर्व विशेष योजनाअन्तर्गत ५० हजार रुपैयाँ छुट पाउने भएका छन् । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकलाई लक्षित गर्दै आकर्षक छुट तथा सुविधा सार्वजनिक गरेको हो ।

‘चाडपर्वको बहार, WEGO मा ५० हजार छुट’ नारासहित ल्याइएको यस योजनामा ग्राहकले नयाँ बजाज WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे खरिद गर्दा ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

त्यसैगरी, पुरानो सवारीसाधन एक्सचेन्ज गरेर नयाँ WEGO खरिद गर्ने ग्राहकले ३० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन सुविधा पनि प्राप्त गर्न सक्नेछन्। कम्पनीले ग्राहकलाई थप आकर्षित गर्न नयाँ सवारीसाधनमा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध गराएको छ ।

३६ महिनासम्मको ईएमआई सुविधा

ग्राहकलाई सवारीसाधन खरिद प्रक्रिया सहज र पहुँचयोग्य बनाउन कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) लाई फाइनान्सिङ पार्टनरका रूपमा प्रस्तुत गरेको छ ।

यसअन्तर्गत ग्राहकले सहज फाइनान्सिङ सुविधासँगै ३६ महिनासम्मको मासिक किस्ता (ईएमआई) सुविधासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसले एकैपटक ठूलो रकम खर्च नगरी विद्युतीय तीनपाङ्ग्रे खरिद गर्न चाहने ग्राहकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एकपटकको चार्जमा १४० किलोमिटरसम्मको रेन्ज

नयाँ बजाज WEGO इलेक्ट्रिक तीनपाङ्ग्रेमा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर र लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रविधि प्रयोग गरिएको छ। आरामदायी यात्रा र कम सञ्चालन खर्चलाई प्राथमिकता दिइएको यस सवारीसाधन व्यावसायिक प्रयोजनका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार WEGO ले एकपटक पूर्ण चार्ज गर्दा करिब १३० देखि १४० किलोमिटरसम्मको व्यावहारिक रेन्ज प्रदान गर्छ । यसमा इको तथा पावर राइडिङ मोड, रिजेनेरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधिसमेत समावेश छन् । यी सुविधाले सवारीसाधनको सञ्चालनलाई सहज, सुरक्षित र व्यावहारिक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

कम सञ्चालन खर्च र आकर्षक सुविधामा जोड

बढ्दो इन्धन खर्चका बीच विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढिरहेको अवस्थामा बजाज WEGO ले कम सञ्चालन खर्च र आधुनिक प्रविधिको संयोजन प्रस्तुत गरेको छ ।

चाडपर्व विशेष छुट, पुरानो सवारीसाधनको एक्सचेन्जमा अतिरिक्त मूल्यांकन, लामो अवधिको वारेन्टी र सहज फाइनान्सिङ सुविधाले ग्राहकलाई विद्युतीय तीनपाङ्ग्रे खरिद गर्न थप प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ ।

यस योजनासम्बन्धी थप जानकारी, लागू हुने सर्त तथा उपलब्धताबारे बुझ्न ग्राहकले नजिकैको आधिकारिक बजाज तीनपाङ्ग्रे सवारीसाधन शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित समाचार