पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

0 Shares

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।

पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए । २५ बल खेल्दा उनले एक छक्का र चार चौका हिर्काए । माहेन्दी हसनले ३२ रन बनाए । उनले २१ बलमा चार चौका र एक छक्काको मद्दतमा ३२ रन जोडेका हुन् ।

कप्तान कुशल भुर्तेलले २१ रन जोड्दा दुई चौका हिर्काए । शाकिब अल हसन १६ बलमा १४ रन बनाउँदा आउट भए भने धनञ्जय लक्षण १६ बल खेलेर ११ रन बनाउँदा रन आउट भए । सदिरा समरविक्रमा ८ र ओपनर दिनेश खरेल ४ रनमा आउट भएका छन् ।

सम्बन्धित समाचार