0
Shares
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।
कार्यालयले २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए ।
त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड संकलन भएको छ । चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता हासिल गरेको हो ।